Categories समाचार

सिराहामा २० वर्षीया युवतीमाथि अमानवीय हिंसाको आरोप

सिराहा । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–४ की २० वर्षीया संजना कुमारी यादवमाथि भएको भनिएको अमानवीय घरेलु हिंसाको घटनामा प्रहरीले दुई जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

पीडितका अनुसार सामान्य फोनमा कुराकानी गरेको विषयलाई लिएर उनको मुखमा गम्छा कोच्ने, हातखुट्टा बाँध्ने, तातो रडले शरीर दाग्ने, करेन्ट लगाउने, ठूलो आवाजमा डेक बजाएर कुटपिट गर्ने तथा ज्यान मार्ने नियतले शारीरिक र मानसिक यातना दिइएको थियो।

Advertisement

घटनापछि पीडितको उपचार भइरहेको जनाइएको छ। यस घटनाले स्थानीयवासी तथा सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न र पीडितलाई आवश्यक उपचार, सुरक्षा तथा कानुनी सहयोग उपलब्ध गराउन माग गरेका छन्।

Advertisement

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *