Categories समाचार

डीएसपी चक्र मल्लद्वारा मानवसेवा आश्रम वीरगंजको अवलोकन

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लले मानवसेवा आश्रम, वीरगंज (सिर्सिया शाखा) को अवलोकन गर्नुका साथै आश्रममा आश्रित व्यक्तिहरूका लागि बेलुकाको भोजन सेवामा सहयोग गर्नुभएको छ।

मानवसेवा आश्रमका अनुसार डीएसपी मल्लले आश्रमको अवलोकन गर्दै त्यहाँ सञ्चालित मानवीय सेवाका गतिविधिबारे जानकारी लिनुभएको थियो। सो क्रममा उहाँले आश्रमले असहाय, बेवारिसे तथा सडक आश्रित नागरिकहरूको संरक्षण र सेवामा पुर्‍याइरहेको योगदानको प्रशंसा गर्नुभएको जनाएको छ।

Advertisement

भ्रमणका क्रममा डीएसपी मल्लले आगामी दिनमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आवश्यक सहयोग तथा सहकार्यका लागि सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभएको आश्रमले जनाएको छ।

Advertisement

आश्रमले डीएसपी मल्लको आत्मीय सहयोग, सद्भाव र भोजन सेवामा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै मानवताको सेवामा यस्ता सहकार्यले सामाजिक उत्तरदायित्वलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *