सिरहा । सिरहाको लहानस्थित हस्पिटल चोकमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको छ। बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले कारबाहीका क्रममा गोली चलाउँदै ६ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ५ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेका छन्। उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा १ जना भारतीय र १ जना नेपाली नागरिकको खुट्टामा गोली लागेको प्रहरीले जानकारी दिएको छ। दुवैको उपचार भइरहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


