वीरगंज । पर्सा प्रहरीले छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित एक अँपको बगैँचाबाट १४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा साउन ९ गते राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अँपको बगैँचाभित्र रहेको घाँसमा लुकाएर राखिएको अवस्थामा १३ वटा पोकाभित्र रहेको १४० किलोग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।


