Categories समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको अध्यक्षमा यादव

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि आयोजित १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण समारोह सम्पन्न भएको छ।

समारोहमा रोट्रयाक्टर राम्बिनय यादवले क्लबको अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै नयाँ नेतृत्व सम्हालेका छन्।

Advertisement

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै, नयाँ कार्यसमितिले क्लबको सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Advertisement

कार्यक्रममा रोटरी तथा रोट्रयाक्ट परिवारका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *