Categories समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

Advertisement

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकको जय नेपाल होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार बिहान करिब ७:३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीले होटलको कोठा नं. ११८ मा खानतलासी गरेको थियो।

Advertisement

खानतलासीका क्रममा NITCOR-10 लेखिएको २० पत्तामा रहेका २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका २ बोतल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तम कुमार पाठक र वीरगंज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराई रहेका छन्।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध बिक्री–वितरण सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *