Categories समाचार

बालिकामाथि सामूहिक बलात्कारको आरोपमा ५ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान मोरङको सुनवर्षी नगरपालिकाकी एक बालिकालाई रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले प्रलोभनमा पारी रंगेली–७ स्थित युमी क्याफेमा लगेर जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साहले पनि जबरजस्ती करणी गरेको आरोप छ।

Advertisement

त्यसैगरी साउन ४ गते राति पुनः पीडितलाई रंगेली–७ स्थित दि ९०s (THE 90s) क्याफेमा लगिएको र त्यहाँ रंगेली–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ का १८ वर्षीय रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

Advertisement

पीडितको उजुरीका आधारमा साउन १० गते जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *