Categories समाचार

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

वीरगंज । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकमा हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटनाग्रस्त भएपछि लागेको आगलागीमा चालकको जलेर मृत्यु भएको छ।

प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट चिप्लिँदै नालातर्फ रहेको भित्तामा ठोक्किएको थियो। ठोक्किएलगत्तै ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा भोजपुरका करिब ३० वर्षीय चालक विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको छ। ट्रकमा रहेका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव संगौला भने सकुशल रहेको प्रहरीले जनाएको छ।

Advertisement

नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा राति ९ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *