Categories समाचार

चिकित्सक दुर्व्यवहार विवादपछि पर्साका एसपीको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। उनको स्थानमा काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईलाई पर्सा सरुवा गरिएको छ।

सरुवापछि भट्टराई बुधबार नै आफ्नो नयाँ कार्यस्थल पर्सा पुगेका छन्। उनी जेनजी आन्दोलनपछि पाल्पाबाट काठमाडौँ उपत्यका प्रहरी परिसरमा सरुवा भएर प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए।

Advertisement

यस्तै, काठमाडौँ उपत्यका प्रहरी परिसरको प्रवक्तामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी दानबहादुर थापाको सरुवा गरिएको छ।

Advertisement

पर्साबाट सरुवा भएका एसपी पाठक पछिल्लो समय विवादमा तानिएका थिए। वीरगंजस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारसम्बन्धी घटनापछि प्रशासन र चिकित्सकबीच भएको छलफलका क्रममा वार्ता टोलीप्रति एसपी पाठकले दुर्व्यवहार गरेको आरोप लागेको थियो। उक्त घटनापछि चिकित्सकहरूले उनको सरुवाको माग गर्दै आएका थिए।

एसपी पाठक २०८२ साल असोज महिनादेखि जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *