Categories समाचार

पाथीभारा माता भनेर चिनिने युवक पक्राउ

सामाजिक सद्भावमा असर पर्ने सामग्री प्रसारण गरेको आरोपमा ‘पाथीभारा माता’ भनेर चिनिने समिर थापा पक्राउ

सुर्खेत । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण भिडियो तथा तस्बिर सार्वजनिक गरी धार्मिक आस्थामा असर पुर्‍याउने र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी करिब २४ वर्षीय समिर थापा, जसले आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउँदै आएका थिए, लाई बुधबार राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना हुने, धार्मिक आस्थाप्रतिको विश्वासमा असर पर्ने तथा अनावश्यक विवाद उत्पन्न हुन सक्ने किसिमका भिडियो र तस्बिर सार्वजनिक गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहरा ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *