Categories समाचार

मोटरसाइकल नियन्त्रणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद

Advertisement

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–५ प्रसौनी भट्ठामा घरमा राखिएको मोटरसाइकल नियन्त्रणमा लिने विषयलाई लिएर स्थानीय बासिन्दा र सशस्त्र प्रहरीबीच बिहीबार विवाद भएको छ।

स्थानीयका अनुसार एक युवकको घरमा रहेको मोटरसाइकल नियन्त्रणमा लिन पुगेको सशस्त्र प्रहरीले उक्त मोटरसाइकलबाट लागूऔषध बरामद भएको दाबी गर्दै युवकसहित मोटरसाइकल लैजान खोजेपछि विवाद भएको हो। तर, स्थानीयले लागूऔषध बरामद भएको भनिए पनि त्यसको प्रमाणस्वरूप लागूऔषध देखाउन नसकेको आरोप लगाएका छन्।

Advertisement

विवाद बढ्दै गएपछि स्थानीयले सशस्त्र प्रहरीका तीनवटा सवारीसाधन रोकेर विरोध गरेका थिए। त्यस क्रममा स्थानीयले युवक र मोटरसाइकललाई प्रहरीको नियन्त्रणबाट छुटाएको दाबी गरेका छन्।

Advertisement

घटनाबारे सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकले थप टोली घटनास्थलमा पठाइएको जानकारी दिँदै टोलीबाट घटनाको विवरण लिएपछि मात्र औपचारिक प्रतिक्रिया दिने बताएका छन्।

घटनाको वास्तविकता खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले भने घटनाको निष्पक्ष छानबिन गरी सशस्त्र प्रहरीको कार्यशैलीबारे आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *