Categories समाचार

भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एक जना पक्राउ

Advertisement

वीरगंज । सर्लाहीमा सामाजिक सञ्जालमार्फत भ्रामक तथा झुटा सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा धनकौल गाउँपालिका–२ निवासी ३० वर्षीय मुकेश भन्ने राम प्रवेश राय यादव रहेका छन्। प्रहरीले सामाजिक सञ्जालको नियमित निगरानीका क्रममा ‘मुकेश कुमार यादव समर्थक’ नामको फेसबुक प्रोफाइलबाट सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने प्रकृतिका भ्रामक तथा झुटा सूचना तथा भिडियो सम्प्रेषण भएको फेला पारेको जनाएको छ।

Advertisement

अनुसन्धानका क्रममा उक्त फेसबुक आईडी यादवले सञ्चालन गरेको खुलेपछि प्रहरीले खोजतलास गरी उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले यादवले आफूले नै उक्त भ्रामक भिडियो फेसबुकमार्फत सम्प्रेषण गरेको स्वीकार गरेको जनाएको छ।

Advertisement

सामाजिक सञ्जालमार्फत भ्रामक तथा झुटा सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम तथा अशान्ति सिर्जना गर्ने र सार्वजनिक शान्ति, सुरक्षा तथा सुव्यवस्थामा प्रतिकूल असर पार्ने कार्य गरेको आरोपमा उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *