Categories समाचार

पर्सामा टायर बालेर प्रदर्शन गर्ने ४ जना हिन्दू सङ्गठनका युवा प्रहरी नियन्त्रणमा

वीरगंज । पर्सामा निषेधाज्ञाका बीच टायर बालेर विरोध प्रदर्शन गरिरहेका ४ जना हिन्दू सङ्गठनसँग आबद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनीहरू टायर बालेर विरोध प्रदर्शन गर्दै सामाजिक सद्भावमा असर पर्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार नियन्त्रणमा पर्नेहरूमा पप्पु वर्णवाल, विजय साह, विकास साह र प्रदीप कुमार साह रहेका छन्।

Advertisement

डीएसपी राजु कार्कीको कमान्डमा वडा प्रहरी कार्यालय श्रीपुरका इन्सपेक्टर नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका इन्सपेक्टर एकनाथ भट्टराईसहितको संयुक्त प्रहरी टोलीले वीरगंजको रानीघाट चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हाल विभिन्न जिल्लाहरूमा देखिएको विवादलाई मध्यनजर गर्दै पर्सा प्रशासनले जिल्लामा निषेधाज्ञा लागू गरेको छ। त्यसका बाबजुद केही स्थानमा निषेधाज्ञाको अवहेलना गर्दै विरोध प्रदर्शन भइरहेका छन्। प्रहरीले शान्ति–सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *