Categories समाचार

उपकार सेवा नेपालद्वारा शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर सहयोग

Advertisement

वीरगञ्ज । उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–२, छपकैयाका शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका एक असहाय व्यक्तिलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ।

उपकार सेवा नेपाल तथा श्रीमती पुष्पा गाडीयाको सहयोगमा उपलब्ध गराइएको उक्त ह्वीलचेयर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नुभएको हो।

Advertisement

ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया सहित समाजसेवी प्रकाश थारु, राजन श्रीवास्तव, रिसु वर्मा, सुरज सर्राफ, अमर सर्राफ तथा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

Advertisement

उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर असहाय, विपन्न र आवश्यकता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *