Categories समाचार

बस र कार ठोक्किँदा कार खस्यो सुनकोशीमा, तीन जना बेपत्ता

Advertisement

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बिहान बस र कार एकआपसमा ठोक्किँदा कार सुनकोशी नदीमा खसेको छ। दुर्घटनापछि कार चालकसहित तीन जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ११:४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङतर्फबाट खुर्कोट आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गतको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।

Advertisement

दुर्घटनापछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। कार चालक सिन्धुपाल्चोक निवासी अन्दाजी ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी अन्दाजी २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन्।

Advertisement

बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ।

प्रहरी टोलीले बेपत्ता भएका व्यक्तिहरूको खोजतलास तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *