वीरगञ्ज । पर्साका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको चेकजाँच तथा विशेष सूचनाका आधारमा गरेको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरेको छ।
बरामद सामग्रीमा कपडा, फलफूल, हार्डवेयर, कम्प्युटर पार्ट्स (CPU Processor), मोटरसाइकलका पार्ट्स, किराना सामान, कस्मेटिक सामग्री, मदिरालगायत म्याजिक भ्यान, टाँगा र घोडासमेत रहेका छन्।
सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्सा तथा मातहतका इकाइहरूले वीरगञ्ज महानगरपालिकाका विभिन्न सीमा क्षेत्रमा गरेको उक्त कारबाहीपछि बरामद गरिएका सम्पूर्ण सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



