Categories समाचार समाज

उपकार सेवा नेपालको पहलमा ह्वीलचेयर सहयोग

Advertisement

वीरगञ्ज । उपकार सेवा नेपालको पहल तथा क्विन ज्वेल्स प्रालिको सहकार्यमा बारा निवासी पूर्ण अपाङ्गता भएका हिरालाल राउत कुर्मीलाई ह्वीलचेयर प्रदान गरिएको छ।

हिरालाललाई घरबाहिर आवतजावत गर्न तथा हिँडडुल गर्न अत्यन्त कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि उपकार सेवा नेपालले सवारी साधनको व्यवस्था गरी उहाँलाई वीरगञ्ज बोलाएर ह्वीलचेयर हस्तान्तरण गरेको हो। सहयोग प्रदान गरेपछि संस्थाले उहाँलाई पुनः सुरक्षित रूपमा घरसम्म पुर्‍याएको जनाएको छ।

Advertisement

उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्वमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी अमर सर्राफ, पत्रकार प्रह्लाद चौरासियालगायतको उपस्थिति रहेको थियो।

Advertisement

ह्वीलचेयर प्राप्त गरेपछि कुर्मीको दैनिकी सहज हुने र उहाँको जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *