Categories समाचार

पर्सामा १३ जना फरार प्रतिवादी पक्राउ

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा उपस्थित गराएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेकामध्ये ६ जना चेक अनादर, १ जना चोरी, २ जना कुटपिट, ३ जना घरेलु हिंसा तथा १ जना विगो भरीभराउ मुद्दाका फरार प्रतिवादी रहेका छन्।

Advertisement

प्रहरीका अनुसार उनीहरूलाई २०८३ साउन १९ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा दाखिला गरिएको हो।

Advertisement

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका प्रतिवादीहरूमाथि अदालतबाट तोकिएको कैद तथा जरिवाना सजाय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *