Categories समाचार

लहानबाट पेस्तोलसहित ३ जना पक्राउ

Advertisement

सिरहा । सिरहाको लहान नगरपालिका–२२, सलोखरीबाट प्रहरीले म्याग्जिनसहितको पेस्तोल बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार साउन १९ गते राति करिब ११ बजे प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा लहान–२२ निवासी करिब २० वर्षीय सबरजीत दासको साथबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको एउटा पेस्तोल बरामद गरेको हो।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका करिब २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Advertisement

बरामद गरिएको हतियारसहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *