Categories समाचार

काठमाडौं पुग्नुपर्ने २० हजार लिटर हवाई इन्धन वीरगञ्जमै चोरी, पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जमा काठमाडौंस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो पुग्नुपर्ने २० हजार लिटर क्षमताको ट्याङ्करबाट इन्धन चोरी गरी बिक्री वितरण भइरहेको आरोपमा पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारीका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी टर्मिनलबाट सिनामंगलस्थित हवाई इन्धन डिपोका लागि ल्याइएको ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट वीरगञ्ज महानगरपालिका–१४ बाइपासस्थित सौदागर आयल सेन्टर मा अनधिकृत रूपमा इन्धन निकालेर बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

Advertisement

बुधबार साँझ करिब ५:१० बजे पुगेको प्रहरी टोलीले ट्याङ्करको सिल फलामको हुक प्रयोग गरी उचालेर ग्यालेनमा इन्धन निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ। घटनास्थलबाट पेट्रोल पम्प सञ्चालक सुनैन मियाँ, दुई कर्मचारी असलम हवारी र रफिक मियाँसहित ट्याङ्करसँग सम्बन्धित अन्य चार जनालाई नियन्त्रणमा लिइएको छ।

Advertisement

प्रहरीले ट्याङ्करसमेत नियन्त्रणमा लिई पेट्रोलियम पदार्थ चोरी तथा बिक्री वितरणमा संलग्न सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *