Categories समाचार

मदर्सा इस्लामिया प्रसोतिपुरमा स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण

Advertisement

वीरगंज । मदर्सा इस्लामिया प्रसोतिपुरमा अध्ययनरत बालबालिकालाई स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण गरिएको छ। बालबालिकाको शैक्षिक यात्रालाई सहज, उत्साहपूर्ण र प्रेरणादायी बनाउने उद्देश्यले ४जीआर संस्थाको विशेष सहयोगमा आज एक कार्यक्रम आयोजना गरि सहयोग गरिएको हो ।

कार्यक्रमको अध्यक्षता मदर्साका प्रधानाध्यापक नसीमा प्रविनले गर्नुभएको थियो भने वडा अध्यक्ष मनोज यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पुष्पा गाडिया, नुतन पोडार सरावगी, सुलोचना गुप्ता, रिया सिंह, अप्सना खान, सोनी अग्रवाल, स्नेहा अग्रवाल, स्वास्थ्य चौकी प्रमुख मेवालाल ठाकुर, अनिषकान्त कुशवाहा, रत्नेश्वर शाह, किरणकुमारी सिंह, फिरोज राखी, अनिल यादव, बबिता महतो, रिजवाना खातुन र ओरेतन खातुनलगायतको उपस्थिति रहेको थियो।

Advertisement

४जीआर संस्थाले आफ्नो साप्ताहिक कार्यक्रमअन्तर्गत ५ रुपैयाँमा खाना बिक्री गरी संकलन भएको रकम शैक्षिक संस्थालाई सहयोग गर्दै आएको जनाइएको छ। सोही अभियानअन्तर्गत मदर्सा इस्लामिया प्रसोतिपुरका बालबालिकालाई स्कुल ब्यागसहित आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

Advertisement

शैक्षिक सामग्री पाएपछि बालबालिकामा उत्साह र खुसी देखिएको थियो। आयोजकका अनुसार बालबालिकाको मुहारमा देखिएको खुसी, उत्साह र मुस्कान नै कार्यक्रमको सबैभन्दा सुन्दर उपलब्धि हो। बालबालिकाको शिक्षामा गरिएको सहयोगले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभाव तथा ४जीआर संस्था परिवारप्रति आयोजकले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *