Categories समाचार

एनएमएसआरए वीरगञ्ज इकाईको ५७औँ स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

Advertisement

वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगञ्ज इकाईले आफ्नो ५७औँ स्थापना दिवस रक्तदान, सम्मान तथा केक काटेर मनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक महिलासहित ५२ जनाले रक्तदान गरेका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा किरण खत्री, दिपेन्द्र यादव, विकास कुशवाहा, बब्लु चौधरी, निरज श्रीवास्तव, गौरव पटेल, सुमित वर्णवाल, हिमांशु गुप्ता, राजन चौरसिया, चन्दन पटेल, करुण कुमार, केशव पाण्डे, राजन पटेल, शंकर सिंहलगायतले रक्तदान गरेका थिए।

Advertisement

संघका कोषाध्यक्ष दिपेन्द्र यादवले स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा यस वर्ष मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) पदबाट व्यवस्थापक पदमा बढुवा भएका विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

Advertisement

एनएमएसआरए वीरगञ्ज इकाईका अध्यक्ष सौरभ वर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. मनोज कुमार गुप्ता प्रमुख अतिथि थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराई, नेपाल औषधि व्यवस्था विभाग मधेश प्रदेशका उपाध्यक्ष अजय यादव, महासचिव पपु झा, पिन वीरगञ्जका सचिव अवधेश साहलगायतको उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण संघका सचिव बब्लु चौधरीले गरेका थिए। औपचारिक कार्यक्रमपछि केक काटेर एनएमएसआरए वीरगञ्ज इकाईको ५७औँ स्थापना दिवस मनाइएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *