Categories समाचार

४५ कार्टुनमा ल्याइएका साढे ४ हजार ब्रोइलर चल्ला नष्ट

Advertisement

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवागुठीबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ४ हजार ५०० वटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी अमरपट्टीबाट खटिएको टोलीलाई देखेपछि अवैध रूपमा चल्ला ल्याउँदै गरेका व्यक्तिहरू ४५ कार्टुनमा रहेका चल्ला छाडेर फरार भएका थिए। प्रहरीले ३ लाख ३७ हजार ५०० रुपैयाँ बराबरका चल्ला नियन्त्रणमा लिएको थियो।

Advertisement

पशु क्वारेन्टाइनका प्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको रोहबरमा शनिबार दिउँसो ३ः५० बजे ती चल्ला नियमानुसार नष्ट गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *