Categories समाचार

अवैध रूपमा बालुवा उत्खनन गर्ने दुई ट्याक्टर नियन्त्रणमा

Advertisement

वीरगञ्ज । पर्सागढी नगरपालिका–३ भेडहास्थित सबैया साझेदारी वन क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

भदौ १ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको टोली र सब–डिभिजन वन कार्यालय, सबैयाबाट खटिएको संयुक्त गस्ती टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी ना.६ त ३६२३ र ना.६ त ६४२३ नम्बरका ट्याक्टरमा लोड गर्दै गरेको अवस्थामा दुई जना चालकसहित ट्याक्टर नियन्त्रणमा लिएको हो।

Advertisement

नियन्त्रणमा लिइएका दुवै ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय, सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *