वीरगंज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बाल्मिकी यादव मनोनित भएका छन्।
तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले तरुण दल पर्साको रिक्त अध्यक्ष पदमा यादवलाई मनोनित गरेका हुन्। यसअघि तरुण दल पर्साको अध्यक्षमा विकास तिवारी रहेका थिए।
केन्द्रीय अध्यक्ष कोइरालाले मंगलबार यादवलाई पर्सा अध्यक्षमा मनोनित गरिएको पत्र प्रदान गर्दै आगामी कात्तिक महिनाभित्र तरुण दल पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिएका छन्।




