Categories समाचार

अभियुक्त किशोरको भिडियो भाइरल भएपछि प्रहरी अनुसन्धान प्रोटोकलमाथि प्रश्न

Advertisement

वीरगंज । अपराधका घटनामा पीडितसँगै अभियोग लागेका व्यक्तिको गोपनीयताको विषय मुलुकी अपराध संहितामा उल्लेख छ । तर, बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न भएका भनिएकामध्ये एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

अपराधी मनोवृत्तिलाई बढवा हुनेगरी सोधिएका प्रश्न पनि जस्ताको त्यस्तै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । हातमा हतकडी लगाइएका ती किशोरको अघिपछि दुई प्रहरी पनि देखिएका छन् । प्रहरीकै रोहबरमा भिडियो सार्वजनिक भएको विषयले प्रहरीको अनुसन्धान प्रोटोकलमा पनि प्रश्न उठाएको छ ।

Advertisement

तर, यो भिडियो कुनै सञ्चार माध्यमका पत्रकारले नभइ पक्राउपछि स्वास्थ्य जाँचका क्रममा अस्पताल लैजाँदा डाक्टरहरुले सोधेको पुष्टि भएको छ । बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउपछि मेडिकल जाँचका क्रममा लैजाँदा प्रहरीको दुई ड्यूटी अफिसर सँगै थिए । ती किशोरलाई डाक्टरले प्रश्न सोधेका हुन् । उनका अनुसार सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

Advertisement

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानीरिक्षक अबि नारायण काफ्लेले भिडियोले प्रहरीको अनुसन्धान प्रोटोकलको उलङ्घन गरेको स्वीकार गरेका छन् । यस्ता संवेदनशील मुद्दाको अनुसन्धानका क्रममा लिइएका अडियो, भिडियो प्रहरीले सार्वजनिक गर्दैन । अभियुक्तलाई पनि मुखमा मास्क लगाएर मात्रै सार्वजनिक गर्छ । उनले भने, ‘यस्तो भिडियो सार्वजनिक गर्न मिल्दै मिल्दैन । यो हाम्रो प्रोटोकलको उल्लंघन हो ।’

उनले आइतबार नै भिडियोको विषय जानकारीमा आएपछि मधेश प्रहरी प्रमुखमार्फत जिल्लामा बुझ्ने काम भइरहेको बताए । उनले प्रहरी हेडक्वार्टले पनि एउटा टीम बनाएर यो विषय बुझ्दै रहेको बताएका छन् ।प्रतिमा सिलवाल/नेपाल प्रेस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *