Categories समाचार

सरकारप्रतिको जनविश्वास घट्दै गएको छ : सांसद सिंह

Advertisement

वीरगंज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको विश्वास र प्रभाव क्रमशः कमजोर बन्दै गएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले पछिल्ला घटनाक्रमले समाजमा अराजकता, अस्थिरता र अपराध बढ्दै गएको देखाएको बताए। बारा र सप्तरीमा भएका पछिल्ला घटनालाई मात्रै आधार बनाएर अवस्था बुझ्न नहुने उनको भनाइ थियो।

Advertisement

सरकार गठन भएयता कप्तानगन्जको घटना, धार्मिक तथा सामाजिक सद्भावको विषय, मिटरब्याज, लघुवित्त पीडित र चिकित्सकसम्बन्धी विवादलगायतका विषयमा निरन्तर समस्या देखिनुले सरकारको प्रभावकारितामाथि प्रश्न उठेको सिंहले बताए।

Advertisement

उनले अराजकता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका कारण सर्वसाधारण नागरिकले दुःख पाइरहेको उल्लेख गर्दै यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए।

‘जब समाजमा बेथिति बढ्छ र राज्यप्रतिको विश्वास तथा भरोसा कमजोर हुन्छ, त्यहाँ अपराध बढ्दै जान्छ,’ सिंहले भने, ‘यस विषयमा गम्भीर छलफल र समीक्षा आवश्यक छ।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *