Categories समाचार

बलात्कारको प्रकृति हेरेर कानुनी सजाय वर्गीकरण गर्न सांसद तामाङको माग

Advertisement

काठमाडौं । सांसद आशिका तामाङले बलात्कारका सबै घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा हेर्न नहुने बताएकी छन्। उनले श्रीमतीले श्रीमानमाथि लगाएको बलात्कारको आरोप र तीन वर्षीया बालिकामाथि भएको बलात्कारलाई एउटै तराजुमा राखेर हेर्न नमिल्ने धारणा व्यक्त गरेकी हुन्।

सांसद तामाङले बलात्कारका घटनाको प्रकृति र गम्भीरता हेरेर कानुनमा वर्गीकरण गरी सोहीअनुसार सजायको व्यवस्था गर्नुपर्ने बताइन्। उनका अनुसार यस्ता विषयमा कानुनी सुधार आवश्यक रहेकाले तत्काल कानुन संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ।

Advertisement

उनले बलात्कारका विभिन्न प्रकृतिका घटनालाई एउटै मापदण्डबाट मूल्यांकन गर्दा न्यायको अवधारणामै प्रश्न उठ्न सक्ने भन्दै कानुनलाई थप स्पष्ट र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *