Categories समाचार

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

Advertisement

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी कान्छी आमालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी करिब २५ वर्षीया मुस्कान भन्ने जास्मिन खातुनलाई पक्राउ गरिएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित बालिकाको घर पछाडिको झाडीमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले जास्मिनलाई तत्काल पक्राउ गरी सोधपुछ गर्दा आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको जनाएको छ।

Advertisement

मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकी जास्मिनलाई सप्तरी जिल्ला अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *