Categories समाचार

सिमराबाट एक बालिका बेपत्ता

Advertisement

वीरगन्ज। बाराको सिमराबाट एक जना बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

सिमरा प्रहरीका प्रहरी नायव उपरीक्षक दयाकृष्णा भट्टले आज खातुन बेपत्ता भएको निवेदन परेको बताए। ११ वर्षीया सनाया बेपत्ता बारे आज मध्यान्ह उनकी आमा गुलाप्सा खातुनले प्रहरीमा जानकारी गराएकी हुन्।

Advertisement

प्रहरीमा बालिका बेपत्ताबारे उजुरी परे लगत्तै खोजबिन सुरु गरिएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ। साभार : रातोपाटी

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *