Categories समाचार

८१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित वीरगञ्जबाट एक जना पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट शंकास्पद रूपमा पैदल हिँडिरहेका एक जनालाई रोकी चेकजाँच गरेको थियो।

Advertisement

चेकजाँचका क्रममा उनको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकसहित ९४ ग्राम ७२ मिलिग्राम र प्लास्टिकबाहेक ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिसँग बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचोसमेत फेला परेको थियो। सोही आधारमा वीरगञ्ज महानगरपालिका–८ मा रोकी राखिएको उक्त कारसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन्। यादवलाई बरामद लागूऔषध र कारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी गराए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *