मोरङ । आफ्नै ८ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा मोरङको बेलबारीबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
बेलबारी नगरपालिका–८ की बालिकामाथि उनका बाबुले भदौ १ गते जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे बालिकाकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जाहेरीपछि इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपित बाबुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




