Categories समाचार

नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा साह नियुक्त

Advertisement

वीरगञ्ज । नेपाल तरुण दल पर्साको कोषाध्यक्ष पदमा विराज साह नियुक्त भएका छन्।

नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले आज वीरगञ्ज–२४, रामगढवास्थित कार्यालयमा साहलाई कोषाध्यक्षको जिम्मेवारी दिँदै औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

Advertisement

नेपाली कांग्रेसको युवा संगठनका रूपमा रहेको नेपाल तरुण दलमा साहको नियुक्तिसँगै पर्सा जिल्लाको संगठनात्मक संरचनालाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

नवनियुक्त कोषाध्यक्ष साहले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै नेपाल तरुण दललाई थप सशक्त र सक्रिय बनाउन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *