Categories समाचार

भोटेकोशी बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजले दियो ५१ लाख

Advertisement

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन जगदम्बा इन्टरप्राइजेजले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

Advertisement

कम्पनीका अनुसार उक्त रकम बाढी प्रभावित परिवारको तत्कालीन राहत तथा उद्धारका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा उपयोग हुनेछ।

Advertisement

जगदम्बा इन्टरप्राइजेजले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका क्रममा आवश्यक पर्ने निर्माण सामग्री आफ्ना उद्योगबाट छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ। यसले विपद्पछि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले विपद्बाट प्रभावित नागरिकलाई राहत पुग्ने निर्देशक रुङ्गटाले बताए। उनले प्राकृतिक विपद्को समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको सहयोगमा अघि बढ्नुपर्नेमा जोड दिए।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *