Categories समाचार

११ वर्षीय राजेशकुमारको हत्या प्रकरणमा १७ वर्षीय बालक पक्राउ

Advertisement

वीरगंज । घरबाट बेपत्ता भएका ११ वर्षीय बालक राजेशकुमार साहको हत्या प्रकरणमा प्रहरीले १७ वर्षीय अर्का बालकलाई पक्राउ गरेको छ। बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका राजेशकुमार भदौ ९ गते घरबाट हराएका थिए।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको देखिएपछि प्रहरीले सोही ठाउँका १७ वर्षीय बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार राजेशकुमारलाई भारततर्फ लगेर हत्या गरिएको देखिएको छ। उनको शव भदौ ११ गते भारतको बिहारस्थित मोतिहारी जिल्ला, नुनयाडी पञ्चायत–१ अन्तर्गत सिंहा नदीको किनारमा फेला परेको थियो। मृतककी आमाले भारत पुगेर शवको पहिचान गरेकी थिइन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार अनुसन्धानका क्रममा प्राप्त सिसिटिभी फुटेज तथा स्थानीयबाट संकलित विवरणका आधारमा १७ वर्षीय बालकको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बालकलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *