Categories समाचार

साउन महिनाको उत्कृष्ट प्रहरी बने मनोज

Advertisement

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई घोषणा गरेको छ।

‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले सोनारलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराको आर्थिक प्रशासन शाखामा दरबन्दी भई प्रहरी चौकी मुसहर्वा, विश्रामपुरमा कार्यरत सोनारले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउन निर्वाह गरेको भूमिकाको कदर गर्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रशंसापत्रमा उल्लेख छ।

Advertisement

कार्यालय प्रमुख कुँवरले सोनारलाई बधाई तथा शुभकामना दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *