Categories समाचार

फेवातालमा भारतीय कार खस्दा दुई भारतीयको मृत्यु

Advertisement

वीरगंज । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शुक्रबार बिहान ४:५० बजे पोखरा–१८ गैरीचौतारा घुम्तीबाट बीआर ०५ बीबी ६७५९ नम्बरको कार सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा भारत बिहारको रक्सौलका २६ वर्षीय नवदीप कुमार यादव र करिब ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

कारमा सवार रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *