Categories समाचार

कारभित्र लुकाएर लैजाँदै गरेको ११४ किलो गाँजा बरामद, युवक पक्राउ

Advertisement

वीरगंज । पर्सामा कारको डिकीभित्र लुकाएर राखिएको ११४ किलो २५ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पकहामैनपुर गाउँपालिका–१ स्थित तिलावेपुल–भिष्वा सडकखण्डमा शुक्रबार राति चेकजाँचका क्रममा बा १८ च ३६५७ नम्बरको निशान कारबाट गाँजा बरामद भएको हो।

Advertisement

कारको डिकीमा १२ वटा पोकामा राखिएको गाँजा फेला परेपछि प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले कार जाँच गरेको थियो। पक्राउ परेका चेपाङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *