वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जस्थित क्यासिनोबाट पक्राउ परेका छन्।
गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोमा पुगेका यादवलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ।
सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको विषयमा प्रहरीले यादवसँग सोधपुछ तथा घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ। क्यासिनोमा उनको उपस्थितिको उद्देश्य र सरकारी गाडी प्रयोगको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यादवलाई क्यासिनोबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले पुष्टि गरेका छन्।




