वीरगञ्ज । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पर्साको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेलीलाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो।
अदालतबाट १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका तेलीलाई पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।




