वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ बाट ४० किलो लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ९ बजे पर्सागढी–३ निवासी ६० वर्षीय गोरे लामाको घर खानतलासी गरेको थियो। त्यसक्रममा घरभित्र ड्रममा लुकाइछिपाइ राखिएको अवस्थामा ४० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।




