Categories समाचार

अमलेखगञ्ज ट्राफिक बिटमा रकम असुलीको आरोप, इन्चार्ज साहमाथि छानबिन माग

Advertisement

वीरगंज । अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जका इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार नवलकिशोर साहमाथि सवारीसाधन चेकजाँचका क्रममा अनधिकृत रूपमा रकम असुल्ने गरेको आरोप लागेको छ।

स्थानीय तथा स्रोतका अनुसार अमलेखगञ्ज ट्राफिक बिटअगाडिको सडकमा सवारीसाधन रोकेर चेकजाँच गर्ने क्रममा एक सयदेखि पाँच सय रुपैयाँसम्म रकम लिने गरिएको दाबी गरिएको छ। वीरगञ्ज तथा पूर्वतर्फबाट आउने मालवाहक सवारी, कुखुरा तथा भैंसी बोकेका सवारीसाधनलाई लक्षित गरी रकम उठाउने गरिएको आरोपसमेत लागेको छ।

Advertisement

स्रोतले उक्त क्षेत्रमा दैनिक करिब ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम संकलन हुने र त्यसको हिस्सा माथिल्लो तहसम्म पुग्ने दाबी गरेको छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

Advertisement

चेकजाँचका क्रममा रकम नदिए सवारीचालकलाई अनावश्यक दुःख दिने गरेको गुनासोसमेत चालक तथा व्यवसायीबाट आएको बताइएको छ। घटनाबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी आरोपको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *