Categories समाचार

वीरगञ्जका करिब १२ सय भवन भत्काइयो, सडक विस्तारको काम अन्तिम चरणमा

Advertisement

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा करिब १ हजार २ सय घर तथा भवनका अगाडिका संरचना भत्काइएको छ। सडक डिभिजन कार्यालयले सडक सीमाभित्र रहेका बाँकी संरचना भत्काएर सोमबारसम्म विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ।

गत वैशाख ६ र ७ गते सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब १ हजार २ सय घर तथा भवनका अगाडिका संरचना डोजर प्रयोग गरेर भत्काइएको थियो। उत्तरतर्फ गण्डक र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरी पहिलो चरणको अभियान सञ्चालन गरिएको थियो।

Advertisement

सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादका अनुसार अधिकांश संरचना भत्काइसकिएको छ भने सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना भत्काउने काम भइरहेको छ।

Advertisement

नेपाल टेलिकमको भवन र माइस्थाननजिक देखिएको विवाद आइतबार समाधान गरी सोमबारसम्म सडक विस्तारको काम पूरा गर्ने लक्ष्य रहेको उनले बताए। सडक विस्तारसँगै नापजाँचको काम पनि एक साताभित्र सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ।

सडक सीमाभित्र पर्ने संरचना आफैँ हटाउन घरधनीलाई २५ दिनको समय दिइए पनि धेरै संरचना नहटाएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गर्दै दोस्रो चरणको अभियान सुरु गरेको थियो।

सडक विस्तारसँगै वीरगञ्जको मुख्य सडक क्षेत्र थप फराकिलो र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *