Categories समाचार

नेपाल कावेरी एकेडेमीमा भव्य रूपमा मनाइयो ग्रान्डपेरेन्ट्स डे

Advertisement

वीरगञ्ज । नेपाल कावेरी एकेडेमीले प्रि–प्राइमरी तहका विद्यार्थी र उनीहरूका हजुरबुबा–हजुरआमाबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले ग्रान्डपेरेन्ट्स डे भव्य रूपमा मनाएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष श्याम तुल्स्यान तथा सुशील भट्टराईको उपस्थिति रहेको थियो। विद्यालयकी प्रबन्ध निर्देशक आयुषी तुल्स्यान आफ्ना हजुरबुबा जगदीश प्रसाद तुल्स्यान र हजुरआमा शारदा देवीसँग कार्यक्रममा सहभागी हुनुभएको थियो। उहाँहरू कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो।

Advertisement

विद्यालयका प्रधानाध्यापक दिलीप कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन उपप्रधानाध्यापक प्रफुल्ल सर्राफले गर्नुभएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम तथा नृत्यको कोरियोग्राफी नृत्य शिक्षक जय कुमार रजकले गर्नुभएको थियो।

Advertisement

कार्यक्रममा बालबालिकाले हजुरबुबा–हजुरआमालाई समर्पित गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै पुस्ताबीचको माया, आत्मीयता र सम्बन्ध झल्काउने नाटक प्रस्तुत गरेका थिए। यस्तै, हजुरबुबा–हजुरआमा र बालबालिकाबीच विभिन्न मनोरञ्जनात्मक खेल तथा अन्तरक्रियात्मक गतिविधिसमेत सञ्चालन गरिएको थियो।

विद्यालयका अनुसार बालबालिकाको जीवनमा हजुरबुबा–हजुरआमाको भूमिका महत्वपूर्ण हुन्छ। विद्यालयबाट प्राप्त हुने शैक्षिक ज्ञानसँगै हजुरबुबा–हजुरआमाबाट बालबालिकाले संस्कार, परम्परा, जीवनका अनुभव तथा मूल्य–मान्यता सिक्ने भएकाले पुस्ताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विद्यालयको भनाइ छ।

बालबालिका तथा हजुरबुबा–हजुरआमाको उत्साहपूर्ण सहभागिताले कार्यक्रम उल्लासमय बनेको थियो। हाँसो, माया र आत्मीयताले भरिएको कार्यक्रमले पुस्ताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै अविस्मरणीय रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *