Categories समाचार

वीरगंज-२४ को शारदा माविमा स्मार्ट कक्षा उद्घाटन

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका–२४ बहुअरी स्थित श्री शारदा माध्यमिक विद्यालयमा मधेश प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको स्मार्ट कक्षा कोठाको शुक्रबार भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ।

कार्यक्रममा प्रदेश सांसद तथा पूर्व प्रदेश मन्त्री रमेश पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। विद्यालयमा आधुनिक प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्न स्मार्ट कक्षा सञ्चालनमा आउनु विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने प्रमुख अतिथि पटेलले बताए।

Advertisement

उनले प्रविधिको प्रयोगलाई शिक्षासँग जोड्दै विद्यार्थीलाई समयअनुकूल ज्ञान, सीप र अवसर प्रदान गर्नुपर्नेमा जोड दिए। विद्यालयको शैक्षिक विकासका लागि सहयोग र सहकार्य निरन्तर आवश्यक रहेको उनको भनाइ थियो।

Advertisement

स्मार्ट कक्षा निर्माण तथा सञ्चालनका लागि सहयोग पुर्‍याएकोमा विद्यालय परिवारले सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ। विशेषगरी सहयोगी सांसद कुर्मीप्रति विद्यालय परिवारले सम्मान तथा कृतज्ञता व्यक्त गरेको जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल, यज्ञ सापकोटा, वीरगंज–२४ का वडाध्यक्ष विजय पटेल, वीरगंज–२० का कामु वडाध्यक्ष प्रदुमन यादव, व्यवस्थापन समितिका सदस्य हादीश मिया, फैजुल अन्सारीलगायत शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो। कार्यक्रममा एनसीसीका विद्यार्थीहरूले समेत सहयोग गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुशवाहाका अनुसार स्मार्ट कक्षाले विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। उनले विद्यालयको विकासमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा निकायप्रति धन्यवाद व्यक्त गरे।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *