Categories समाचार

गहवामाई मन्दिर परिसरमा पुनः सवारीसाधन प्रवेश निषेध

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पुनः पदमा फर्किएसँगै धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्र गहवामाई मन्दिर परिसरलाई व्यवस्थित र पर्यटनमैत्री बनाउने कामलाई प्राथमिकता दिइएको छ।

मेयर सिंहको पहलमा यसअघि सौन्दर्यकरण गरिएको गहवामाई मन्दिर परिसरमा मोटरसाइकल, साइकल, कारलगायतका सवारीसाधनको प्रवेश पुनः निषेध गरिएको छ। मन्दिर परिसरलाई भक्तजन तथा पैदलयात्रीमैत्री बनाउन यस्तो व्यवस्था गरिएको जनाइएको छ।

Advertisement

यसअघि सौन्दर्यकरणपछि मन्दिर परिसरमा सवारीसाधन प्रवेश रोकिएको थियो । जेनजी आन्दोलनका क्रममा परिसरमा तोडफोड भएपछि संरचनामा क्षति पुगेको थियो। त्यसपछि मर्मतसम्भार गर्दै पुनः सवारीसाधन प्रवेश रोक्ने योजना रहे पनि मेयर सिंह निलम्बनमा परेपछि परिसर व्यवस्थित हुन नसकेको गुनासो बढ्दै गएको थियो।

Advertisement

मेयर सिंह पुनः पदमा फर्किएपछि गहवामाई मन्दिर परिसरलाई सफासुग्घर, व्यवस्थित र पर्यटनमैत्री बनाउने उद्देश्यले सवारीसाधन प्रवेशमा रोक लगाइएको हो।

महानगरपालिकाको यो कदमसँगै मन्दिर परिसरमा अनावश्यक सवारी आवागमन नियन्त्रण हुनुका साथै धार्मिक वातावरण र सौन्दर्य कायम हुने अपेक्षा गरिएको छ। साथै, भक्तजनलाई सहज रूपमा पूजा–दर्शन गर्ने वातावरण बनाउन पनि यसले सहयोग पुग्ने जनाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *