Categories समाचार

जितपुरसिमरामा झगडाका क्रममा धारिलो हतियार प्रहार, घाइतेको उपचारका क्रममा मृत्य

Advertisement

वीरगंज । जितपुरसिमरा–१ स्थित नेपाल केबुल अगाडि आपसी झै–झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय शेरबहादुर खड्का रहेका छन्।

Advertisement

प्रहरीका अनुसार सोही स्थानका ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राईले आपसी झगडाका क्रममा धारिलो हतियार प्रहार गर्दा खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।

Advertisement

घाइते खड्कालाई तत्काल सिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपाल मेडिसिटी बयोधा अस्पताल, वीरगञ्ज पठाइएको थियो। उपचारकै क्रममा शनिबार साँझ ६ः४० बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना पश्चात् धारिलो हतियार प्रहार गर्ने भनिएका आयुष राई फरार रहेको र उनको खोजतलास भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *