Categories समाचार

पर्सामा देउवा पक्षको जिल्ला भेला, कांग्रेसको १५औँ महाधिवेशन सफल बनाउन जुट्न आह्वान

Advertisement

वीरगन्ज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनलाई सफल बनाउन पर्सामा जिल्ला स्तरीय भेला आयोजना गरेको छ। भेलामा देउवा पक्षनिकट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। भेलाको अध्यक्षता नेपाली कांग्रेसका पूर्व महासमिति/महाधिवेशन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सभापति विजय कर्णले गरेका थिए भने केन्द्रीय प्रतिनिधि सुरेन्द्र न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए।

Advertisement

कार्यक्रममा वैकुण्ठ श्रीवास्तव र विजय उपाध्याय वरिष्ठ अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै दिलीप बराल, शिवम लामिछाने, मनोज यादव, राजेन्द्र प्रसाद सिंह र शिवनारायण कुशवाहालगायत नेता सहभागी थिए।

Advertisement

स्वागत मन्तव्य राख्दै सुरेन्द्र लामिछानेले भेलाको उद्देश्यबारे प्रकाश पार्दै कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

भेलामा पार्टीको १५औँ महाधिवेशनका लागि जिल्ला तहमा आवश्यक तयारी, संगठनात्मक समन्वय तथा नेता–कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको आयोजकले जनाएको छ।

देउवा पक्षले महाधिवेशनको तयारीलाई लक्षित गर्दै देशभर संगठनात्मक गतिविधि अघि बढाइरहेको छ। सोही क्रममा पर्सामा समन्वय तथा तयारीका लागि केन्द्रीय प्रतिनिधि सुरेन्द्र न्यौपानेलाई जिम्मेवारी दिइएको बताइएको छ।

भेलाका सहभागीहरूले जिल्ला तहबाट पार्टी संगठनलाई व्यवस्थित बनाउँदै महाधिवेशनलाई सफल बनाउन सक्रियतापूर्वक जुट्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन कांग्रेस युवा नेता मनोजकुमार साहले गरेका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *