Categories समाचार

भन्सार छली ल्याइएका २० लाख ८१ हजारका खाद्यान्न तथा औषधि बरामद

Advertisement

वीरगंज । पर्सा प्रहरीले भन्सार छली भारतबाट चोरी पैठारी गरी ल्याइएका २० लाख ८१ हजार २ सय २० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न प्रकारका औषधि बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले असोज ५ गते वीरगंज महानगरपालिका–१६, ईनर्वागाउँ र छप्कैया क्षेत्रमा निगरानी गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका खाद्यान्न तथा औषधि फेला पारेको हो।

Advertisement

प्रहरीका अनुसार बरामद सामग्रीको कुल मूल्य २० लाख ८१ हजार २ सय २० रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *