Categories समाचार

कैलालीमा कुकुर काटेर पोलेको अवस्थामा एक जना पक्राउ

Advertisement

कैलाली । कैलालीको गोदावरीमा कुकुरजस्तो देखिने जनावर काटेर पोलेको अवस्थामा एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–२ का ६४ वर्षीय सुरेश दमाईलाई बिहीबार पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार दमाईको घरबाट काटेर पोलेको अवस्थामा जनावरको अवशेष तथा मासु बरामद गरिएको छ। बरामद मासु कुकुरकै हो वा स्याललगायत अन्य कुनै जनावरको हो भन्ने भने पुष्टि भएको छैन।

Advertisement

प्रहरीले बरामद मासु परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाएको छ। प्रयोगशाला रिपोर्ट आएपछि मात्रै उक्त मासु कुन जनावरको हो भन्ने यकिन हुने प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *